गृहपृष्ठ Featured विमला वलीको दुखेसो : सरकार परिवर्तनको बेला तानातान, अहिले बेवास्ता

विमला वलीको दुखेसो : सरकार परिवर्तनको बेला तानातान, अहिले बेवास्ता

उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुँदै गठबन्धनको सरकार बन्दा स्वास्थ्य राज्यमन्त्री समेत भइन् ।

नेकपा खारेजीपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै वली दुई दलको तानातानमा परेकी थिइन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो दलको सांसदका रुपमा दाबी गरेका थिए । सोही क्रममा उनी केही दिन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको अघोषित नजरबन्दमा समेत रहिन् ।

मुख्यमन्त्री निवासमा आफूलाई थुनेर राखिएको भन्दै उनले तत्कालीन मुख्यमन्त्री पोखरेलमाथि अपहरणको आरोप समेत लगाएकी थिइन् । त्यसपछि उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्टोक्ति दिएकी थिइन् ।

पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेश सरकार गठन गर्दा बहुमत जुटाउन उनको साथ निकै महत्त्वपूर्ण थियो । तर आसन्न निर्वाचनका लागि भने उनी कुनै पनि दलको रोजाइमा परिनन् । उनले आफूलाई एमाले र माओवादीले प्रयोग गरेको गुनासो गरिन् । आफूले उपनिर्वाचन जितेर आएको क्षेत्रमा बजेट काट्ने काम भएको गुनासोसमेत गरिन् ।

यसरी बजेट काट्नेमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमात्र नभएर वर्तमान सरकारले पनि भेदभाव गरेको उनको गुनासो छ ।

सम्बन्धित् समाचार