गृहपृष्ठ Featured स्वदेशमै सम्भावना देखेका बाणगंगाका ‘टिआर’ विदेशीनेका लागी उदाहरण बन्दै

स्वदेशमै सम्भावना देखेका बाणगंगाका ‘टिआर’ विदेशीनेका लागी उदाहरण बन्दै

सागर वि.क., वैखरी अनलाईन ।

देशबाट विदेशीने युवाहरुको जमात ठूलो छ । देशमै जीविकोपार्जन गरि बस्न कठिन भएको अनुभव सुनाउँदै दैनिक रुपमा हजारै युवा खाडी मुलकसहित युरोपियन देशहरुमा जाने क्रम रोकिएको छैन् । विभिन्न सपनाहरु बोकेर विदेशीएका ति युवाहरुका लागी अहिले कपिलवस्तु जिल्लाको बाणगंगाका टिआर पाण्डे प्रेरणाका स्रोत बनेका छन् । बाणगंगा नगरपालिका ८ निवासी २८ बर्षीय पाण्डे टिआर कृषि सप्लायर्सका संचालक तथा प्रोप्राईटर हुन् ।

बाणगंगा १ बैरिया अटोल्याण्डको छेउमा रहेको उक्त कृषि सप्लायर्स अहिले कृषकहरुको पहिलो रोजाई बन्दै गएको छ । संचालक पाण्डेसंग कपिलवस्तुसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कृषि यन्त्रका क्षेत्रमा काम गरेको बर्षौको अनुभव छ ।

सानैदेखि देशमै केही गर्छु भन्ने अठोटका साथ अघि बढेका पाण्डेले ४० लाखको प्रारम्भिक लागतमा कृषि सप्लायर्स संचालनमा ल्याएको बताए । नेपाल कृषि प्रधान देश नाममा मात्र सिमित भएको बताउँदै उनले कृषिलाई आधुनिकिकरणतर्फ लैजान आवश्यक रहेको बताए ।

‘परम्परागत रुपमा कृषि कार्य गरेर अब कृषिलाई अघि बढाउँन सकिदैन्,’ उनले भने, ‘नेपाल कृषि प्रधान देश भनिन्छ, यो नाममा मात्र सिमित छ । अब कृषिलाई आधुनिकिकरणतर्फ लैजान आवश्यक छ ।’

कृषिको आधुनिकिरणले कम लागत र कम समयमा धेरै कृषि परिणाम हासिल गर्न सकिने उनले बताए ।

यो क्षेत्रका कृषकहरुलाई कृषि सामग्री लिन बुटवल, भैरहवा तथा अन्य जिल्लाहरुमा धाउनुपर्ने बाध्यताको अन्त्यका लागी आफुले यस क्षेत्रमा कृषि सप्लायर्स संचालनमा ल्याएको बताए । कृषि सम्बन्धि साना तथा ठूला यन्त्र उपकरणहरु आफुहरुले सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको बताए । सुरुवाती चरणमा ठूला चुनौतीहरुलाई सामाना गर्दै काममा प्रतिवद्ध लागेको उनले सुनाए ।

‘हामीले छिमेकी देश भारत र चिनबाट कृषि उपकरणहरु ल्याउँछौ । सुरुमा नयाँ यन्त्र उपकरणहरु ल्याउँदा यहाँ कृषकहरुले के हो ? कस्तो होे ? भन्ने जिज्ञासा गर्नुभयो,’ उनले भने, ‘ति उपकरणहरुले विविध कारणवश काम गरेन भने त्यो रिटन हुदैन् । चुनौती त धेरै नै मोल्दै आएका छौ ।’

कृषकहरुसंग परापर्श गर्दै आवश्यकताका आधारमा कृषि उपकरणहरु उपलब्ध गराउँदै आएको उनले बताए ।

’हामी कहाँ कृषकलाई आवश्यक पर्ने प्राय सबै जसो उपकरणहरु छन्,’ उनले भने, ‘हामी कृषकहरुसंग परामर्श समेत गछौं र सोही अनुसार कृषि उपकरणहरु उपलब्ध गराउँछौं ।’

कृषकहरुबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको बताउँदै उनले भने, ‘हाम्रो टिआर कृषि सप्लायर्सलाई छोटो समयमा धेरै विश्वास माया गर्नु भएको छ । म यो विश्वासलाई कहिलै टुटन दिदैन् ।’

उनले आगामी दिनमा कृषि उत्पादन क्षेत्रमा समेत लाग्ने सोच भएको सुनाए ।

चितवन र विरगंजका २ जना मेकानिकहरु आफ्नो सप्लायर्समा रहेको बताउँदै उनले ती २ जनाबाटै तालिम संचालन गरि यस क्षेत्रका व्यक्तिहरुलाई रोजगार दिने लक्ष्य रहेको उनले बताए ।

हालसम्म आफुले राज्यबाट कुनै किसिमको सहयोग नपाएको गुनासो गर्दै उनले भने, राज्यले सक्छ भने कृषि कर्जा उपलब्ध गराईदियोस् त्यो नै हाम्रो लागी ठूलो कुरा हुने छ ।’
उनले कृषकहरुलाई यन्त्र उपकरणमा अनुदान दिनु भन्दा पनि कृषि उत्पादनमा आधारित अनुदान दिन आवश्यक रहेको बताए ।

‘सरकारले वास्तविक किसानको पहिचान गरि उनीहरुलाई यन्त्र उपकरणमा भन्दा पनि उत्पादनमा अनुदान दिनुपर्छ,’ उनले भने, ‘अनि मात्र कृषिमा क्रान्ति हुन्छ ।’

सम्बन्धित् समाचार