गृहपृष्ठ Featured अस्ट्रेलियालाई हराउँदै न्युजिल्यान्डको सानदार सुरुआत

अस्ट्रेलियालाई हराउँदै न्युजिल्यान्डको सानदार सुरुआत

डेभन कनवेको ब्याटबाट उत्कृष्ट प्रदर्शनको मद्दतले न्युजिल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकपमा शनिबार डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८९ रनले हराएर सानदार सुरुआत लिएको छ । कनवेले ५८ बलमा नटआउट ९२ रन बनाए र पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले तीन विकेटमा दुई सय रनको स्कोर खडा गरेको थियो ।

सुपर–१२ को ग्रुप–वानको पहिलो खेलमा अस्ट्रेलियाले जवाफमा १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ११ रनमात्र बनाउन सक्यो । कमजोर सुरुआत लिएको घरेलु टिमले कुनै पनि समय विजयी लक्ष्य पछ्याउने संकेत दिन सकेन् । उसका लागि ग्लेन म्याक्सवेलले बनाएको २८ रन नै उच्च व्यक्तिगत स्कोर रह्यो ।

न्युजिल्यान्डका बलरमध्ये मिचेल सान्टनर र टिम साउथीले तीन/तीन विकेट लिए । यस्तै ट्रेरन्ट बोल्टको नाममा दुई विकेट रह्यो । टिम साउथीले पनि दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याटर कनवेले सात चौका र दुई छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि फिन एलानसँग ५६ रनको साझेदारी गरे । एलानले ४२ रन बनाए ।

त्यसपछि कनवेले कप्तान केन विलियम्ससँग दोस्रो विकेटका लागि थप ६९ रनको साझेदारी गरे । विलियम्सले २३ रन बनाए । यस्तै अर्का नटआउट ब्याट्सम्यान जेम्स नसिमले १३ बलमा २६ रनको योगदान दिए ।

अस्ट्रेलियाका सबै बलले महँगो बलिङ गरे । त्यसमध्ये जस हेजलउडले ४१ रनमा दुई विकेट लिए ।

सम्बन्धित् समाचार