काठमाडौँ ।
कांग्रेस नेता स्वर्णिम वाग्लेले पार्टीको घोषणापत्र यथार्थपरक रहेको दाबी गरेका छन् । शनिबार शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै अर्थशास्त्रीसमेत रहेका वाग्लेले वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्रका रूपमा चर्चा गरेका हुन् ।
नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखिएको बताए । युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएको पनि उनको भनाइ छ ।
नेता वाग्लेले घोषणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरु समावेश गरेको उल्लेख गरे ।
‘घोषणापत्रमा मनगढन्ते कुराहरु राखिने गरिन्छ भन्ने आरोप लागेको छ तर हामीले यसपालि असाध्यै यथार्थपरक कुराहरु मात्रै राखेका छौँ । वास्तविकताप्रति बलियो चेत भएको संकल्पपत्र राखेका छौँ । दिगो विकासका लक्ष्यसँगको तादात्म्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरु राखेका छौँ । स्थानीय निर्वाचनमा बोलेका धेरै कुराहरु यहाँ ल्याएका छैनौँ । युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ श्रोतहरुको विषयलाई प्राथमिकता दिएका छौँ । डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय भनेर हामीले वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनियताका आधारका कुराहरु समावेश गरेका छौँ,’उनले भने ।








