गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा नेताहरु घरदैलोमा मस्त : किसानहरु खेतबारीमा व्यस्त

कपिलवस्तुमा नेताहरु घरदैलोमा मस्त : किसानहरु खेतबारीमा व्यस्त

सागर वि..क, वैखरी अनलाईन ।

कपिलवस्तुका किसानलाई भर्खरै तिहार पर्व सकिएसँगै धान काट्ने र भित्र्याउने चटारो  छ। कात्तिक-मंसिर महिना समय र सिजनका हिसाबले पनि खेती उठाउने तथा लगाउने समय भएकाले किसानहरूलाई धान काट्ने र भित्र्याउने चटारो छ ।
जिल्लाका किसानहरू धान काट्ने, भित्र्याउने र सुकाउने काममा व्यस्त देखिन्छन्।

मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागी चुनावी मैदानमा उत्रिएका उम्मेदवार घरदैलो कार्यक्रममा मस्त हुदाँ किसानहरु भने खेतबारीमा व्यस्त छन् ।

तिहारअघि नै धान काटिसकेका किसानहरूले धान सुकाउँदै सुकेका धान थन्क्याउन लागेका छन् भने कोही धान काट्न नै व्यस्त छन् ।

हरेक निर्वाचनका बेला मात्र नेताहरु गाउँघरमा देखिने तर चुनाव जितेपछि नफर्किने प्रवृतिले आफुहरुमा चुनावकोे कुनै उत्साह नछाएको बुद्धभूमि- ५ का रामु न्यौपानेले दुखेसो पोखे ।

‘नेताहरु चुनाव आउँदा मात्र देखिन्छन्, चुनाव जितेपछि नाकमुख देखाउँदैन्,’ उनले भने, ‘नेताहरुको यस्तो व्यवहार हामीमा चुनावको कुनै उत्साह छैन् ।’

अहिलेसम्म किसानका पिर मर्का बुझिदिने नेता पाउँन नसकेको अर्का एक किसान सरस्वती सुनारले बताईन् । ‘अहिलेसम्म पटक-पटक भोट हालेर कयौं नेताहरुलाई जितायौं, तर कसैले पनि किसानका पिर मर्का बुझेनन्,’ उनले भनिन्, ‘चुनाव जिताएर पनि हाम्रो जीवन शैलामा अपेक्षा अनुसार सुधार हुन सकेन् ।’

अहिले देशका विभिन्न स्थानहरूमा कतै धान काट्ने त कतै धान थन्क्याउने कामको चटारो सुरु भइसकेको छ।

सम्बन्धित् समाचार