गृहपृष्ठ Featured चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति:

नेपालगन्ज ।

आइतबार बिहान नेपालगन्जको रामनगरमा रहेको चुरा गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका- ५, रामबागमा मो. आरिफ अन्सारीले राखेको चुराको गोदाममा आगलागी हुँदा समीर वलीको मृत्यु भएको हो ।

ठूलो विष्फोटका कारण गोदामघर पूर्णरुपमा क्षति भएको छ । आइतबार बिहान ५ बजे आगलागी भएको थियो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार समीरको निसास्सिएर मृत्यु भएको हो । चुराको गोदाममा भएको आगलागीको कारण खोज्न अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरीले चुरा गोदाममा लागेको आगोको धुवाँका कारण विष्फोट भएको हुनसक्ने आशंका गरेको छ ।

सम्बन्धित् समाचार