गृहपृष्ठ Featured वडाध्यक्षसहितको टोलीले गर्‍यो वनदेवी सामुदायिक वनको अवलोकन

वडाध्यक्षसहितको टोलीले गर्‍यो वनदेवी सामुदायिक वनको अवलोकन

वैखरी अनलाईन, बुद्धभूमि ।

जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ५ स्थित वनदेवी सामुदायिक बनको सामुहिक अवलोकन गरिएको छ । वडाध्यक्ष रोम बहादुर थापा क्षेत्रीसहितका जनप्रतिनिधि, वनका अध्यक्ष मोतिलाल यादव, वनका अन्य पदाधिकारीसहितको टोलीले अवलोकन गरेको हो ।

२ सय ८७.७१ हेक्टर क्षेत्रफलमा फैलिएको यस वन क्रमश व्यवस्थित हुदै गएको वनका अध्यक्ष मोतिलाल यादवले बताए । उपभोक्ताको आवश्यकतालाई पहिचान गरि सोही अनुरुप वन संरक्षणमा जुटेको उनले बताए । काठ, दाउरा, घाससहित जनावरहरुको बास स्थनको संरक्षणमा समेत आफुहरुले ध्यान दिदै आएको उनको भनाई छ ।

अवलोकन भ्रमणमा पुगेका वडाध्यक्ष रोम बहादुर थापाले वनले मावन जातीको अस्तित्व संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणमा सबैले ध्यान दिन आवश्यक रहेको बताए । वन अतिक्रमणलाई रोकी वन संरक्षणमा वन उपभोक्ता समिति जुटेकोमा उनले खुशी व्यक्त गरे ।

पहिलेको तुलनामा अहिले वनको स्वरुपमा धेरै सकारात्मक परिवर्तन आएको उनले बताए । प्राकृतिक सम्पदाको संरक्षणमा सरोकारवालमा निकाय गम्भिर भएर लाग्नुपर्ने उनले बताए । वनलाई अझ व्यवस्थित गर्दै लैजान वडाले खेल्नुपर्ने भूमिका निर्वाह गर्न वडा प्रतिवद्ध रहेको उनले बताए ।

सम्बन्धित् समाचार