गृहपृष्ठ Featured फ्रेञ्च मिडफिल्डर पोग्बाले विश्वकप गुमाउने

फ्रेञ्च मिडफिल्डर पोग्बाले विश्वकप गुमाउने

फ्रेञ्च मिडफिल्डर पउलो पोग्बाले कतार विश्वकप गुमाउने भएका छन् । पोग्बाका एजेन्ट राफाइला पिमेन्टाले विज्ञप्ति निकालेर उनले विश्वकप गुमाउने जनाएका हुन् ।

फ्रान्सले नोभेम्बर २२ मा अष्ट्रेलियासँग आफ्नो पहिलो खेल खेल्ने छ । यो समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

युभेन्टसबाट व्यावसायिक फुटबल खेल्दै आएका पोग्बा गत जुलाइयता घाइते छन् । २९ वर्षे पोग्बाको घुँटाको शल्यक्रिया सकिएको छ । तर, निको हुन अझै समय लाग्ने भएकाले उनले विश्वकप गुमाउने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पउल पोग्बाका लागि शल्यक्रियाबाट रिकभर हुन अझै केही समय चाहिन्छ । यो जानकारी गराउँदा धेरै पीडा भएको छ ।’ जारी सिजनको सुरुमै म्यानचेष्टर युनाइटेडबाट युभेन्टस् आएका उनले चोटकै कारण सिरी एमा खेलेका छैनन् ।

गत जुलाइमा घुँडाको चोट लागेको भए पनि उनले विश्वकप खेल्नकै लागि भनेर तत्काल शल्यक्रिया नगर्ने निर्णय गरेका थिए ।

सम्बन्धित् समाचार