सन् २०१२ देखि टी-२० विश्वकप खेल्न थालेका कोहलीले २३ इनिङ्समा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बने । उनले यसक्रममा १३ अर्धशतक पूरा गरेका छन् ।
कोहलीले सन् २०१२ मा पहिलो पटक टी-२० विश्वकप खेल्दा प्रतियोगिताभर १८५ रन बनाएका थिए भने २०१४ मा ३१९ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । सन् २०१६ मा उनले २७३ रन प्रहार गरेका थिए । २०१४ र २०१६ मा कोहलीले वश्विकपकै सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए ।
उनी टी-२० विश्वकपमा ६ पटक म्यान अफ दि म्याच समेत बनेका छन् ।
अष्ट्रेलियामा टी-२० विश्वकपअघि कोहलीले ८४५ रन बनाएका थिए । जारी विश्वकपमा उनले पाकिस्तान र नेदरल्याण्ड्स विरुद्ध अविजित रहँदै अर्धशतक प्रहार गरेका थिए । दक्षिण अफ्रिका विरुद्ध भने उनी १२ रनमै आउट भएका थिए ।
कोहली टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् । उनले ३ हजार ९३२ रन बनाएका छन् ।