काठमाडौं ।
बलिङमा अनिल खरेल र ब्याटिङमा देव खनाल चम्किएपछि प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बुधबार लुम्बिनी प्रदेशले वाग्मती प्रदेशविरुद्ध आठ विकेटको सहज जित निकालेको छ ।
प्रतियोगिताको पहिलो खेलमै जित निकालेको लुम्बिनी समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । समूह चरणका तीन खेल्दा पनि अंकविहिन रहेको वाग्मतीको भने प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । पाँच टिम रहेको समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलको टिकट काट्नेछन् ।
मुलपानी क्रिकेट मैदानमा वाग्मतीले प्रस्तुत गरेको १५५ रनको लक्ष्य लुम्बिनीले ३५.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे ।
लुम्बिनीको जितमा कप्तान देव खनालले सर्वाधिक ७७ रन बनाए । प्रज्वल थापा र सन्दीप रजालीले समान २९ रन जोडे ।
वाग्मतीका रिजन ढकाल र प्रतिश जिसीले एक–एक विकेट लिए ।








