गृहपृष्ठ Featured बाणगंगा- ८ का सुनारको सवारी दुर्घटनामा मृत्यु

बाणगंगा- ८ का सुनारको सवारी दुर्घटनामा मृत्यु

वैखरी अनलाइन, बाणगंगा

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- ८ का निशान सुनारको सवारी दुर्घटनामा परि मृत्यु भएको छ ।

मार्बल बोकेको अटोसगं आफुले चलाएको मोटरसाइकलमा ठोकीदा १६ बर्षीय सुनारको मृत्यु भएको हो । बिहिबार साझ बाणगंगा- ९  भर्तापुरमा तीब्र गतिमा आएको पल्सर बाईकले रोकि राखेको अट‍ोलाई अगाडीबाट ठक्कर दिएको प्रत्यक्षदर्शी बिनोद पुनले बताए। उनका अनुसार उक्त बाईकमा ३ जना मापसे गरेर सवार थिए । सुनारको छातीमा चोट लागेको थियो ।

रुपन्देहीको भैरहवामा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु केसिले वैखरी अनलाइनलाई जानकारी दिए । उनी जनता माबि पिपरामा कक्षा- १० मा अध्ययनरत थिए ।

उनी लु ८ प २०६८ नम्बरको मोटरसाइकलमा सवार थिए भने लु २ स १९४७ अटोमा ठोक्कीएका थिए ।

सम्बन्धित् समाचार