गृहपृष्ठ Featured फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले पाइन् सफाइ

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले पाइन् सफाइ

प्रकाशित मिति:

फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिनले अगस्ट महिनाको पार्टी गरिरहेको भिडियो प्रकरणमा सफाइ पाएकी छिन्। उनीविरुद्ध गैरजिम्मेवार काम गरेको अभियोग लागेको थियो।

लिक भएको फुटेजमा साथीहरू र सेलिब्रेटीहरूसँग नाचिरहेको देखिएपछि ३६ वर्षीया मरिनले आफ्नो बचाउ गरेकी थिइन्। मरिनको व्यवहारले फिनल्याण्डको ‘प्रतिष्ठा र सुरक्षा’लाई कमजोर पारेको आरोप लगाउँदै दर्जनौँ उजुरीहरू दायर गरिएको बुझिएको छ।

तर, चान्सलर अफ जस्टिस टुमास पोयस्टीले मारिनले प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्यलाई बेवास्ता नगरेको निष्कर्ष निकालेका छन्।

‘प्रधानमन्त्रीले आफ्नो कर्तव्य निर्वाहमा गैरकानूनी आचरण गरेको वा उहाँको आधिकारिक कर्तव्यलाई बेवास्ता गरेकोमा शंका गर्ने कुनै कारण छैन,’ उनले आधिकारिक अनुसन्धान पछि भने।

भिडियोमा लागुपदार्थको सन्दर्भमा केही टिप्पणीहरू आएपछि मरिनले त्यसबारेका ‘शंकाहरु हटाउन’ लागुऔषध परीक्षण पनि गरेकी थिइन्। तर, परिक्षणको नतिजा नेगेटिभ आएको थियो।

त्यतिबेला, प्रधानमन्त्री मरिनले भिडियो ‘निजी परिसर’मा खिचिएको र आफूले ‘साथीहरूसँग’ साँझको समय बिताएको बताएकी थिइन्।

भिडियोको बारेमा सोध्दा उनले पत्रकारहरूलाई भनेकी थिइन्, ‘म पनि मानव हुँ। र, म पनि कहिलेकाहीँ यी कठिन समयहरुका बिच आनन्द, उज्यालो र रमाइलो चाहन्छु।’

यो घटनापछि धेरै महिलाहरू मरिनको समर्थनमा आएका थिए। फिनल्याण्डमा, महिलाहरूले आफू नाचिरहेको भिडियोहरू पोस्ट गर्दै मरिनको समर्थन गरेका थिए।

अमेरिकी राजनीतिज्ञ हिलारी क्लिन्टनले उनलाई ‘नाचिरहनुहोस्’ भनेपछि मरिनले सार्वजनिक रूपमा क्लिन्टनलाई धन्यवाद दिएकी थिइन्।

उनी २०१९ मा सत्तामा पुगेकी हुन्। ३४ वर्षकी उनी संसारकै सबैभन्दा कान्छी सेवारत प्रधानमन्त्री हुन्।

सम्बन्धित् समाचार