गृहपृष्ठ Featured दाङमा बँदेल मार्न थापेको पासोमा परेर २ जनाको मृत्यु

दाङमा बँदेल मार्न थापेको पासोमा परेर २ जनाको मृत्यु

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीया रोशनी महतराको बँदेल मार्न थापेको पासोमा परेर ज्यान गएको छ । आइतबार पत्रकार सम्मेलन गरेर जनकल्याण सामुदायिक वनमा बँदेल मार्न पासो थाप्ने ४ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

असोज २७ मा आरोपीहरूले पासो थापेको र भोलिपल्ट हेर्न जाँदा शव देखेर सवैजना मिलेर व्यवस्थापन गरेको अनुसन्धानबाट थाहा भएको लुम्बिनी प्रदेशका डिआईजी नलप्रसाद उपाध्यायाले बताए ।

पासो थापेको आरोपमा पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बस्ने ३९ वर्षीय गणेश भन्ने हरिश चन्द्र पौडेल, ३८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिम बहादुर बुढा र प्रकाश भन्ने अमर राज कार्की छन् ।

घटना अनुसन्धानको क्रममा ७० जनासँग अप्रत्यक्ष रुपमा र ४ सय ८७ जनालाई निगरानीमा राखेर सूक्ष्म अनुसन्धान गरिएको दाङका एसपी बीर बहादुर ओलीले जानकारी दिए ।

सम्बन्धित् समाचार