वैखरी अनलाइन , बाणगंगा
सत्ता गठबन्धनबाट नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नः १ (क) का उम्मेदवार डोलकराम घिमिरेले संसदमा तल बसेर हस्ताक्षर गर्न मात्र नभई मन्त्री बन्ने उम्मेदवार भएको बताएका छन ।
सत्ता गठबन्धनले घरदैलोको क्रममा चार नम्बर जितपुरमा भएको कोणसभालाई सम्बोधन गर्दै घिमिरेले आफु मन्त्री समेत बन्ने बताएका हुन ।
घिमिरेले संसदमा गएर तल बसेर हस्ताक्षर गर्ने मात्र नभई मन्त्री बन्ने दावी गरेका हुन ।
उनले बलदेव केन्द्रिय मन्त्री बन्ने पक्का रहेको बताउदैँ आफुपनि प्रदेश मन्त्री हुने दावी गर्दै दुवै मिलेर यस क्षेत्रको बिकासका लागी काम गर्ने बताए ।
उनले बुद्धरंगशाला, बसपार्क निमार्ण , फराकीला पक्की सडक र युवाका लागी रोजगारी आफु केन्द्रित हुने बताए ।
साथै सो अवसरमा प्रतिनिधि सभा सदस्य कपिलवस्तु क्षेत्र नः १ का उम्मेदवार चक्रपाणी खनाल बलदेवले बोल्दै कपिलवस्तुको बिकासका लागी अव टुर्के बजेट नहुने भन्दै राष्ट्रीय गौरवका योजना ल्याएर बिकासको गतिलाई तिव्रता दिने बताए ।
बलदेवले अव बिकासको लागी र देशको निकासका लागी सत्ता गठबन्धनको सहकार्य बर्षौसम्म अगाडी जाने बताउदै यही गठबन्धनले कपिलवस्तुको बिकासमा नेतृत्वदायी भुमिका खेल्ने बताए ।
ः डोलकराम घिमिरे