वैखरी अनलाइन, बाणगंगा
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनसगैँ दलका नेताहरु चुनावी प्रचार–प्रसारका लागी घरदैलोमा ब्यस्त छन । चुनावी मत परिणाम आफनो पक्षमा पार्नका लागी दलका उम्मेदवारहरु घरदैलोमा ब्यस्त रहेका छन ।
कपिलवस्तु क्षेत्र नः १ (क) का सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकराम घिमिरे पनि यत्तीबेला घरदैलोमा ब्यस्त छन । घरदैलोको क्रममा उनलाई मतदाताले दिएको प्रतिक्रिया र मतदातामा छाएको उत्साहले घिमिरे चुनाव जित्नेमा बिश्वस्त छन ।
बाणगंगा नगरपालिकाको वडा नः १, २, ४, ६ मा घरदैलोको क्रममा मतदाताले “दुख पर्दा साथ दिनेलाई भोट दिने हो, डोलकराम पर्दा मर्दा भन्नासाथ मोटरसाइकल आइहाल्छन, सहयोग गर्छन, मत पनि उनलाईनै दिने हो ” भन्ने मतदाता धेरै पाइएका छन ।
वडा नः ६ की सुकमाया थारुले “दुख पर्दा घिमिरे पार्टी हेर्दैनन सहयोग गर्छन, प्रहरी, प्रशासन धाउछन, पदमा नभएपनि कता कता फोन गरेर समस्या समाधान गरिदिन्छन, अनि मत दिन हामीले किन पार्टी हेर्ने ?” उनले भनीन ।
घरमा बिरामी हुदा ३ पटक भेट्न आए, हाम्रा पार्टीका नेताले एक पटक फोन समेत गरेन्न, अनि मत दिन हामले किन पार्टी भन्ने वडा नः ४ की सन्तोष सेनले भने । घरदैलोमा प्रचार गरैरै हिड्न नसकेपनि आफनो घरको मत भने घिमिरेलाइनै जान्छ सेनले भने ।
उता बाणगंगा ५ बसन्त थारुले बिद्युत पोल नहुदा, कति दुख पायौँ, घिमिरेलाई फोन गरेर भनेपछि उनी घरमै आए र त्यसका लागी बिद्युत प्राधिकरणको कार्यालयमा गएर कुरा गरेर ल्याइ दिए, यस्ता सरल नेतालाई मत दिएपो क्षेत्रको बिकास हनेछ , उनले भने ।








