गृहपृष्ठ Featured नेपाल जनता पार्टी कपिलवस्तुले बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने

नेपाल जनता पार्टी कपिलवस्तुले बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने

नेपाल जनता पार्टी कपिलवस्तुले बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने भएको छ ।

नेपाल जनता पार्टी जिल्ला अध्यक्ष शुशिल तिवारी तथा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार माओवादी केन्द्रिय सचिव चक्रपाणी खनाल (बलदेव) खनाल बिच जिल्ला भरी नै सहयोग हुने सहमति भएको हो ।

कपिलवस्तुको क्षेत्र् नम्बर २ र ३ का उम्मेद्वारहरुको उम्मेद्बारी समेत् निस्कृय बनाउने सहमति भएको छ ।

नेपाल जनता पार्टी जिल्ला अध्यक्ष शुशिल तिवारीले जिल्लाको बिकासका लागी बाम लोकतान्त्रीक गठबन्धनलाई जिताउनँ आवश्यक भएकाले आफहरुले सत्ता गठबन्धनलाई सहयोग गरेको बताएका छन ।

साथै तिवारी गठबन्धनलाई जिताउन पार्टीका नेता तथा कार्यकर्ता लाग्न आग्रह गरेका छन । त्यस्स्तै बलदेव खनालले नेपाल जनता पार्टीको सर्मथन पाएपछि चुनाव जित्न अझ सहज भएको बताएका छन ।

सम्बन्धित् समाचार