गृहपृष्ठ Featured बुटवलका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल गठन

बुटवलका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल गठन

बुटवल ।

रूपन्देहीको मुख्य सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ ।मंगलबार बुटवल उपमहानगरपालिकामा बसेको सर्वपक्षीय बैठकले तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण बुटवल वितरण केन्द्रका प्रमुखको संयोजकत्वमा कार्यदल बनाएको हो ।

समितिले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रका तार व्यवस्थापन गर्ने, अव्यवस्थित र अनावश्यक तार हटाउने काम गर्ने कार्यदलका संयोजक विद्युत प्राधिकरण बुटवल केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सडकमा अव्यवस्थित रहेका तारहरूले सहरी सौन्दर्य बिगारेको र बारम्बार दुर्घटना निम्त्याएकाले तार हटाएर सहरलाई सफा र सुन्दर बनाउने कामलाई अघि बढाइएको बताए ।

सम्बन्धित् समाचार