गृहपृष्ठ Featured ३५ बर्ष इमान्दार भई राजनिति गरे, घात हुदैन, चुनाव जित्छु : घिमिरे

३५ बर्ष इमान्दार भई राजनिति गरे, घात हुदैन, चुनाव जित्छु : घिमिरे

वैखरी अनलाइन, बाणगंगा

कपिलवस्तु क्षेत्र नः १ (क) का सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डोलकरा घिमिरेले चुनाव जित्ने दावि गरेका छन ।

वैखरी अनलाइनसगं कुराकानी गर्दै घिमिरेले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा आफु बिजयी हुने दावी गरेका हुन ।

२०४६ सालबाट नेपाली कांग्रेसको सक्रिय राजनितिमा लागेको बताउदै गठबन्धनले आफुले अहिलेको चुनामा बिजयी बनाउने बिश्वास उनले लिएका छन ।

३५ बर्षबाट इमान्दारीताकासाथ नेपाली कांग्रेसमा रही राजनिति गरेको बताउदैँ उनले आफुलाई रुख चिन्हमा मतदान गरी बिजयी बनाउन आग्रह गरेका छन ।

फरक प्रसङमा उनले गठबन्धनभित्र घात अन्तरघात नहुनेपनि दावि गरेका छन । लोकतन्त्रमा धेरै छुट छ, तर गठबन्धनका साथीहरुबाट घात हुदैन उनले दावि गरे ।

घिमिरे ३५ बर्षबाट यस क्षेत्रको सामाजिक बिकासमा निरन्तर लागेका लोकप्रिय नेता हुन । उनको नेतृत्वमा यस क्षेत्रका दर्जनौँ सघंसस्थाको स्थापना भएको समेत छ ।

सम्बन्धित् समाचार