गृहपृष्ठ Featured भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द

भारत र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द

भारतको न्युजिल्यान्ड भ्रमणअन्तर्गत टी-ट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। शुक्रबारदेखि वेलिङटनमा सुरु हुने तय भएको टी-ट्वेन्टी शृंखलामा तीन खेलको तालिका छ।

अर्को खेल आइतबार हुने तय छ। यस्तै, अन्तिम टी-२० मंगलबार हुने तालिका छ। भारत र घरेलु टिमबीच नोभेम्बर २५ देखि एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि हुनेछ।

पहिलो एकदिवसीय आगामी शुक्रबार, दोस्रो २७ नोभेम्बर र अन्तिम खेल नोभेम्बर ३० मा हुने तय छ।

सम्बन्धित् समाचार