कपिलवस्तु ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा किरियापुत्रीले मतदान गरेका छन्। शिवराज नगरपालिका-९ मा अवस्थित शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रबाट तीन जना किरियापुत्रीले मतदान गरेका हुन्।
बुवा फिर्ते गिरिको निधनको शोकमा किरिया बसेका छोराहरू दुर्गा गिरि ,सुर्य गिरि र श्रीमती उमा गरिले मतदान गरेका हुन्।
एक मतले सक्षम व्यक्ति हार्न सक्ने भएकोले दुस्खद घडीमा पनि मतदानमा सहभागी भएको छोरो सूर्य गिरिले बताए। फिर्ते गिरिको दुई दिन अघि निधन भएको थियो।