गृहपृष्ठ Featured कपिलवस्तुमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न

कपिलवस्तुमा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुका सबै मतदानस्थलमा निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको प्रहरीले जनाएको छ ।  जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले दाबी गरेको हो ।

जिल्लामा २ सय ३४ मतदानस्थल र ४ सय ७२ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका प्रमुख राजिव पन्थीका अनुसार जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक तयाङ्क निकालिएको छ ।

जिल्लाका तीन वटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त रिर्पोट अनुसार उक्त अनुमान गरिएको हो ।

जिल्लाको मतगणना आज रातिबाट गर्ने गरी तयारी थालिएको छ।

जिल्लामा ३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन् ।

सम्बन्धित् समाचार