गृहपृष्ठ Featured इङ्ल्यान्डविरुद्ध टेस्ट च्याम्पियनसिप खेल्ने पाकिस्तानी टिम घोषणा

इङ्ल्यान्डविरुद्ध टेस्ट च्याम्पियनसिप खेल्ने पाकिस्तानी टिम घोषणा

पाकिस्तानले इङ्ल्यान्डविरुद्ध डिसेम्बरमा हुने तीन खेलको विश्व टेस्ट च्याम्पियनसिपका लागि १८ सदस्यीय टिमको घोषणा गरेको छ।

सन् २००५ पछि पहिलो पटक इङ्ल्यान्ड टेस्ट शृंखलाका लागि पाकिस्तान भ्रमणमा निस्कने तयारीमा छ। रावलपिन्डीले पहिलो खेलको आयोजना गर्नेछ भने त्यसपछि दोस्रो र तेस्रो टेस्ट क्रमश: कराची र मुल्तानमा हुनेछ।

विश्व टेस्ट च्याम्पियनसिप फाइनलको आशा जिवित राख्न पाकिस्तानका लागि यो शृंखला एकदमै महत्त्वपूर्ण हुनेछ। बाबर आजमको टिम अहिले ५१.८५ अंक प्रतिशतसहित तालिकाको पाँचौं स्थानमा छ।

गत साता आईसीसी टी-ट्वेन्टी विश्वकपको फाइनलमा घाइते भएका शाहीन साह अफ्रिदीसँगै फहाद आलम पनि टिममा समावेश छैनन्।

पाकिस्तानी टिम: बाबर आजम, मोहम्मद रिजवान, सर्फराज अहमद, शान मसुद, साउद शकिल, सलमान आघा, नसिम साह, नमन अली, अब्दुल्लाह शफिक, इमाम-उल-हक, फहिम असरफ, ह्यारिस रौफ, मोहम्मद वासिम जुनियर, अब्रर अहमद, जाहिद माहमुद, मोहम्मद नवाज, अज्हर अली, मोहम्मद अली।

सम्बन्धित् समाचार