कपिलवस्तु।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कपिलवस्तु नगरपालिकाको सभाहलमा मतगणना सुरु गरेको हो ।
बुद्धभुमि नगरपालिका- १ फचकैया स्थित रामेश्वर आधारभुत बिद्यालयको मतदानस्थलको दुई केन्द्रको प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकको गणना एकै साथ सुरु गरिएको हो । त्यहाँको दुई मतदान केन्द्रमा ८ सय ४० मत खसेको थियो ।
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ मा १ लाख २१ हजार ६ सय ७६ मध्य ८४ हजार ५ सय ६९ (६९.५०) प्रतिशत मत खसेको छ ।








