बुटवल ।
प्रतिनिधिसभातर्फ रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ मा अहिले नेकपा (एमाले)का उमेदवार छविलाल विश्वकर्मा र स्वतन्त्र उमेदवार घनश्याम भुसालले बराबरी मत पाएका छन् ।
२०० मतगणना हुँदा उनीहरूले ३१/३१ मत पाएका छन् । यहाँ जनमत पार्टीका उमेदवार कैलाश गुरुङले अग्रता लिएका छन् । उनले ६० मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्रीले १५, नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले ४२ मत पाएका छन् ।








