गृहपृष्ठ Featured इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियाद्धारा ‘क्लिनस्वीप’

इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियाद्धारा ‘क्लिनस्वीप’

प्रकाशित मिति:

अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज क्लिनस्वीप गरेको छ । मंगलाबार भएको खेलमा आष्ट्रेलियाले इङ्ल्यान्डलाई डीएलएस पद्धतीमा २२१ रनले हराउँदै सिरिज जितेको हो ।

अष्ट्रेलियाले सिरिजको पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा ७२ रनले हाराएको थियो । अष्ट्रेलियाले जितको लागि दिएको ३६४ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३१.४ ओभरमा १४२ रनमा अल आउट भयो ।

इङ्ल्यान्डका ओपनर जेसन रोयले सर्वाधिक ३३ रन बनाए । त्यस्तै जेम्श भिन्स २२ रन बनाउँदा मोईन अलीले १८ रनको योगदान गरे ।

अष्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । त्यस्तै प्याट कमिन्स र शेन एबोटले दुई–दुई विकेट लिए । जोश हेजलवुड र मिचेल मार्शको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको गरेको अष्ट्रेलियाले निर्धारित ४८ ओभरमा ५ विकेट गुमाउँदै ३५५ रन बनाएको थियो । वर्षाको कारण खेल २ ओभर घटाइएको थियो ।

इङ्ल्यान्डले डीएलएसका आधारमा उक्त लक्ष्य पाएको हो ।

सम्बन्धित् समाचार