गृहपृष्ठ Featured रुपन्देही- ५ को प्रदेशसभा २ मा जनमत पार्टीका उम्मेदवार विजयी

रुपन्देही- ५ को प्रदेशसभा २ मा जनमत पार्टीका उम्मेदवार विजयी

प्रकाशित मिति:

बुटवल ।

रुपन्देही निर्वाचन क्षेत्र नम्वर ५ को प्रदेशसभा २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ता निर्वाचित भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन बाँकी छ । मुख्य निर्वाचन अधिकृत चिन्तामणि शर्माका अनुसार अन्तिम मतगणनामा जनमतका उम्मेदवार गुप्ताले १२ हजार ९ सय ४१ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फकरुद्दिन खानले १२ हजार ६ सय ५१ मत ल्याएका छन् । मुख्य निर्वाचन अधिकृत शर्माले अबको केही बेरमा नतिजा औपचारिक घोषणा गर्ने बताए । प्रतिनिधिसभातर्फ भने क्षेत्र नम्बर ५ मा एमालेका बासुदेव घिमिरेले अग्रता लिइरहेका छन् ।

सम्बन्धित् समाचार