गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : एमालेले प्रदेशसभातर्फ समानुपातिकमा एक लाख मत कटायो

लुम्बिनी प्रदेश : एमालेले प्रदेशसभातर्फ समानुपातिकमा एक लाख मत कटायो

प्रकाशित मिति:

नेकपा एमालेले प्रदेशसभाको समानुपातिकतर्फ लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी मत प्राप्त गरेको छ । जारी मतगणनामा एमालेले अहिलेसम्म एक लाख ९५७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेशसभातर्फ एक लाख मत कटाउने एमाले पहिलो दल बनेको छ । प्रतिनिधिसभातर्फ पनि एमालेले अन्य दलको तुलनामा बढी मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशसभातर्फ समानुपातिकमा अहिलेसम्म ८३ हजार ५७० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा माओवादी केन्द्रले २८ हजार ९३९ मत प्राप्त गरेको छ ।

सम्बन्धित् समाचार