गृहपृष्ठ Featured सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

विराटनगर ।

दुई पटकको हारको बदला लिँदै सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् । ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको छ ।

सार्वजनिक भएको पछिल्ले मतगणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् ।

उनीहरूबीचको मतान्तर ५ हजार ४३४ मत छ । चौधरी २०७० को निर्वाचनदेखि गच्छदारसँग निरन्तर पराजित हुँदै आएकी थिइन् ।

दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३ सय ६२ मतले चौधरी पराजित भएकी थिइन् । ७४ मा भने उनी ३ सय २१ मतान्तरले पराजित भइन् ।
उनी २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै पुस ११ गते भगवती सर्वोच्च गइन् । उनले लतपतिएको र बदर मतसमेत रुख चिन्हमा गणना गर्न लगाएको आरोप लगाएकी थिएन् ।

उनले भनेकी छन्- मतगणनाको १९औँ लटमा नौवटा अर्धकट्टीसहितको मतपत्र पाइएको, निर्वाचन अधिकृतले सिरियल नम्बर हेर्न दिइएन ।

मुद्दा परेको तेस्रो दिन अर्थात् १४ पुसमा संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्‍यो । तर, पाँच बर्ष वित्यो फैसला नआए पनि यस पटकको निर्वाचनमा चौधरीले बाजी मारिन् ।

सम्बन्धित् समाचार