गृहपृष्ठ Featured नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् लुम्बिनी भ्रमण

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् लुम्बिनी भ्रमण

नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले आज लुम्बिनी भ्रमण गरेकी छन् । राजदूत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानु राजा शाक्यसहितको टोलीले स्वागत गरेका थिए ।

उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर, शान्ति दीपको अवलोकन गर्दै राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि जाने विषयमा सकारात्मक रहेको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए ।

विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको हो ।

सम्बन्धित् समाचार