गृहपृष्ठ Featured एमाले उपमहासचिवको प्रस्ताव- संघ र सबै प्रदेशमा वाम सरकार बनाऔँ

एमाले उपमहासचिवको प्रस्ताव- संघ र सबै प्रदेशमा वाम सरकार बनाऔँ

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काएर संघ र प्रदेशमा वामपन्थीहरूको नेतृत्वमा सरकार गठन एमालेले नेतृत्व लिनुपर्ने बताएका छन्।

निर्वाचनको परिणामबाट देशमा अस्थिरताको कालो बादल मडारिएकाले वामपन्थी, प्रगतिशील र राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिहरू एक ठाउँमा उभिएर स्थिर सरकार दिनुपर्नेमा जोड दिँदै गुरुङले त्यसका लागि एमालेले नै नेतृत्व लिनुपर्ने बताएका हुन्।

‘अहिले शेरबहादुर देउवा प्रधानमन्त्री भनेर दुष्प्रचार भइरहेको छ। वाम–लोकतान्त्रिक गठबन्धन भनिए पनि दक्षिणपन्थीसँग वाम नामको शक्ति मिसिएकाले उनीहरूलाई बाहिर निकालेर हामीले दक्षिणपन्थी गठबन्धन तोड्नुपर्छ, वामपन्थी, राष्ट्रिय स्वाधीनता पक्षधर शक्तिलाई एकजुट बनाएर एमालेको नेतृत्वमा सरकार बनाउनुपर्छ या एमालेको पहलमा सरकार बन्नुपर्छ,’ प्रेस चौतारी नेपालद्वारा शुक्रबार आयोजित बधाई कार्यक्रममा गुरुङले भने, ‘तत्काल युनिफाइड हुन नसके पनि कार्यगत एकतासहित अगाडि बढ्दा संघ र सातवटै प्रदेशमा एमालेले वामपन्थीहरूको सरकार बनाउने सामर्थ्य राख्छ।’

सम्बन्धित् समाचार