काठमाडौं ।
प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार ७६६ मत गणना भएको छ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार ३८७ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार ६२८ मतसहित दोस्रो स्थानमा रहेको छ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार ९४३ र जनमत पार्टीले तीन लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ।








