कपिलवस्तु ।
कपिलवस्तुको तौलिहवा स्थित समयमाई बतच तथा ऋण सहकारीको १४औं साधारण सभा सम्पन्न भएको छ । १३ बर्षको अघि देखि संचालनमा रहेको सहकारीको प्रगति प्रतिबेदन सहकारीका सचिव गोपीकृष्ण शर्मा र कोषाध्यक्ष पुन्य प्रसाद पन्थीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कोरोनाकाल र आर्थिक मन्दीले गर्दा ऋण असुलीमा केही समस्या देखिएको अध्यक्ष मधुसुदन श्रेष्ठले बताए । बचताकर्ताहरुको बचत रकम संस्थामा सुरक्षित रहेको र संस्थासंग पर्याप्त पुजी रहेको उनले बताए ।
रिन असुलीमा कडाई गरिने र मंसिर भित्र भाका नागेका रिनीहरुले रकम नबुझाएका लिलामी प्रकृयामा जाने उनले बताए । सो अवसरमा असल निक्षेपकर्ता शान्ति रुपाखेती र असल कर्जाग्राही लोक बहादुर जिसि र एकल महिला रिना कहारलाई सम्मानित गरिएको थियो ।
संस्थाका अध्यक्ष मधुसुदन श्रेष्ठको अध्यक्षता र बिश्वराज पान्डेयको संचालन तथा अण प्रसाद पराजुलीको प्रमुख आतिथ्यताको भएको कार्यक्रममा रबि चन्द्र शाक्य, नबिन बहादुर श्रेष्ठ लागतयले मन्तब्य दिएका थिए ।








