गृहपृष्ठ Featured लुम्बिनीको मुख्यमन्त्री बन्ने दौडमा कांग्रेसका राजु खनाल अगाडि

लुम्बिनीको मुख्यमन्त्री बन्ने दौडमा कांग्रेसका राजु खनाल अगाडि

वैखरी अनलाईन, बाणगंगा ।

दाङ क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका राजु खनाल मुख्यमन्त्रीको दौडमा अगाडी देखिएका छन् । उनले नेकपा (एमाले)का बलिभद्र राणालाई एक हजार १६७ मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

विगत लामो समयदेखि नेपाली कांग्रेसको संक्रिय राजनिति गर्दै आएका खनाल शेरबहादुर देउवा निकट मानिन्छन् । दाङकै प्रभावशाली नेताका रुपमा छवि निर्माण गरेका उनी जनताका माँझमा लोकप्रिय छन् ।

कांग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति समेत रहेका खनाल २०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । प्रतिनिधि सभा सदस्य पदका दाबेदार उनी गठबन्धनको भागबन्डाका कारण प्रदेश सभा सदस्यको उम्मेदवार बनेका थिए ।

समृद्ध लुुम्बिनी प्रदेश निर्माण गर्ने आफुसंग थुप्रै योजनाहरु भएकाले मुख्यमन्त्रीमा दाबी गरेको उनले बताए ।

विकासको सम्भावनाले भरिपुर्ण यस प्रदेशलाई देशकै उत्कृष्ट प्रदेशको रुपमा स्थापित गर्न आफु सक्षम रहेको उनको दाबी छ । ‘लुम्बिनी प्रदेशलाई समृद्ध प्रदेश बनाउन योजनावद्ध तरिकाले अघि बढ्न आवश्यक छ । त्यसका लागी मसंग थुप्रै योजनाहरु छन्, त्यही भएर नै मैले मुख्यमन्त्रीमा दावेदारी प्रस्तुत गरेको हुँ’ उनले भने ।

सम्बन्धित् समाचार