गृहपृष्ठ Featured चुनावी समीक्षा र सरकार निर्माणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

चुनावी समीक्षा र सरकार निर्माणबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौँ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आएलगत्तै सोमबार सत्ता गठबन्धनको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही समयअघि बैठक सुरु भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ ।

बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतका शीर्ष नेता सहभागी छन् ।

सम्बन्धित् समाचार