गृहपृष्ठ Featured शिवराजमा पृथ्वीनारायण शाहको शालिक बनाईने

शिवराजमा पृथ्वीनारायण शाहको शालिक बनाईने

कपिलवस्तु ।

जिल्लाको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले रास्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक बनाउने भएका छन । नगरको बिभुति पार्कको लागि छुट्टाइएको बजेटबाट शाहको सालिक बनाइने भएको हो ।

नगरको वडा न ३ मा जन प्रतिनिधि स्थानीय राजनीति बुद्धिजिबिहरु संगको छलफल पछि वडाको खरेन्द्रपुर चोकमा राष्ट्र निर्माता शाहको जङी सालिक बनाउने निर्णय भएको थापाले बताउनु भयो ।

खरेन्द्र्पुरमा राष्ट्र निर्माताको सालिक बनेपछी पार्कको रुपमा सोही ठाउँलाई बिकास गर्दै लैजाने मेयर थापाले बताउनु भयो ।बिभुती पार्कको लागि नगरले २५ लाख बजेट बिनियोजित गरेको छ ।

नगर प्रमुख थापाले आफ्नो पहिलो कार्यकालमा बिभुतिको सम्मानमा छुट्टाएको बिभुती स्मृति पार्क निर्माण बजेटबाट शाहको सालिक बनाउने भएका हुन ।

सम्बन्धित् समाचार