गृहपृष्ठ Featured चिसो बढेसँगै नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै नयाँदिल्लीमा वायुको गुणस्तर ‘अति खराब’

चिसो बढेसँगै राष्ट्रिय राजधानीको वायुको गुणस्तर अति खराब भएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको तथा वायुको गुणस्तर  सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ ।

नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई अभिलेख गरिएको छ ।

गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको गुणस्तरमा सुधार भएपछि राष्ट्रिय राजधानी क्षेत्रको वायुको गुणस्तरलाई थप बिग्रनबाट रोक्ने आपत्कालीन उपाय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय सरकारले पनि वायुको गुणस्तरको समीक्षा गर्दै सुधारका उपाय इमानदारीका साथ अवलम्बन गर्न सबै सम्बद्ध निकायलाई निर्देशन दिएको थियो ।

सम्बन्धित् समाचार