गृहपृष्ठ Featured जन्मदिन मनाउन बोलाएर नाबालिकामाथि करणी, तीन जना पक्राउ

जन्मदिन मनाउन बोलाएर नाबालिकामाथि करणी, तीन जना पक्राउ

बागलुङमा जन्मदिन मनाउन भनि बोलाएर होटलमा लगि नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बागलङ गलकोट नगरपालिका वडा नं. ९ घर भई कास्की पोखरा महानगरपालिका ८ बस्ने २५ वर्षीय अशोक दर्लामी मगर, धादिङ घर भई हाल पोखरा ८ बस्ने १९ वर्षीय सन्दिप तामाङ र गुल्मी अर्मेनी स्थायी घर भएका पोखरा १७ मा बस्ने १९ वर्षीय राहुल थापालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरी जबरजस्ती करणीको मुद्दा दर्ता गरी आजै बागलुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानका लागि अनुमति लिएको छ ।

सम्बन्धित् समाचार