गृहपृष्ठ Featured कपिलवस्तुमा १६ किलो अफिमसहित ३ महिला प्रहरीको फन्दामा

कपिलवस्तुमा १६ किलो अफिमसहित ३ महिला प्रहरीको फन्दामा

कपिलवस्तु ।

कपिलवस्तुको कृष्ण नगर भन्सार कार्यालय नजिकबाट १६ किलो अफिम सहित ३ महिला पक्राउ परेका छन्। प्रहरीले बिशेष सुराकीको आधारमा दाङ तुलसीपुर उपमहानगरपालिका- १७ की ४३ बर्षीया आशा कुमारी बुढा, लमही नगरपालिका- ४ की ४८ बर्षीया निर्मला बिक र ३६ बर्षीया भावना पुन मगर अफिम सहित पक्राउ परेका हुन्।

उनीहरु पैदल नेपालबाट भारत तर्फ जाँदै गर्दा उनीहरुलाई पक्राउ गरी खानतलासी लिँदा कम्मरमा राखिएको अवस्थामा अफिम बरामद भएको प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेयले बताए।

पक्राउ परेका ३ जनाले कम्मरमा सेता कपडाले सिलाएर राखेको अवस्थामा अफिम भेटिएको थियो। पक्राउ परेका ३ जनालाई सोधपुछ र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

सम्बन्धित् समाचार