वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा झारफुकको बाहानामा जबरजस्ती करणीको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । बाणगंगा– १० मा झारफुक गरी उपचार गर्ने बाहानामा जबरजस्ती गर्ने २७ बर्षीय पप्पु हरिजन पक्राउ परेका हुन् ।
उनले स्थानिय एक महिलालाई झारफुकको बहानामा झाँडीमा जानुपर्छ भनेर जगंल छेउ लगेर जवरजस्ती करणी गरेका थिए ।
रातको समयमा झारफुक गरेमा बिरामी ठिक हुने भन्दै जबरजस्ती गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेको हो । उनी यस अघि पनि यस्ता अपराधिक गतिविधिहरु संलग्न रहदै आएको खुलेको छ ।
उनलाई पक्राउ गरि थप अनुसन्धान जारी प्रहरीले जनाएको छ । प्रहरीले यस्ता अन्धविश्वासका पछाडी नलाग्न प्रहरीले सर्वसाधारणमा अनुरोध समेत गरेको छ ।








