गृहपृष्ठ Featured लुम्बिनी प्रदेशले संघीयता कार्यान्वयनमा जितेको छ: मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशले संघीयता कार्यान्वयनमा जितेको छ: मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबारदेखि सरकारको सम्पूर्ण काम देउखुरीबाट प्रारम्भ भएको घोषणा गरेका छन्। प्रदेश राजधानी शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनीले संघीयता कार्यान्वनमा जितेको उनले तर्क गरे।

‘इतिहासमा जित्ने भनेको एक पटक, एक दिन र एक सेकेण्डमा मात्रै हो,’ उनले अगाडि भने, ‘त्यसैले लुम्बिनीले संघीयता कार्यान्वयनमा जितेको छ। यहाँका ५२ लाख जनताले जितेका छन्।’

उनले यो जित लुम्बिनीका बाह्रै जिल्लाका लाखौं जनताको जित भएको दाबी गरे।

उनले प्रदेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको शब्द अब देखि नरहने पनि स्पष्ट पारे।

सम्बन्धित् समाचार