गृहपृष्ठ Featured भारतीय अभिनेता विवेक ओबराय नेपालमा

भारतीय अभिनेता विवेक ओबराय नेपालमा

काठमाडौं ।

भारतीय चलचित्रका अभिनेता विवेक ओबराय नेपाल घुम्न बुधबार काठमाडौं आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् ।

व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहने बताइएको छ । “पहिलोपटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरैपटक आइसक्नुभएको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।

नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले पाराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ । -रासस

सम्बन्धित् समाचार