गृहपृष्ठ Featured राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीबारबाट लागू हुने गरी राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो। नामिविया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ।

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि यसै वर्षको साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए।

प्रभाकरको प्रशिक्षणमा नेपालले हालै नामिवियमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग– २ का चार खेलमध्ये सबै खेलमा नतिजा सुम्पिएको थियो। यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन– २ को शीर्ष तालिकाको तीनभित्र रहन कठिन भएको छ।

नेपालले नामिबियासँग एक र स्कटल्यान्डसँग दुई हार व्यहोरेको थियो भने एउटा नामिवियासँगको खेल वर्षाका कारण रद्द भएको थियो। सो हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो।

सम्बन्धित् समाचार