गृहपृष्ठ Featured पाल्पामा दुई प्रतिशतले धान उत्पादन बढ्यो

पाल्पामा दुई प्रतिशतले धान उत्पादन बढ्यो

पाल्पा — मल बीउ अभाव, फड्के किराको प्रकोप, सिँचाइ अभाव लगायतका समस्याकाबीच पाल्पामा यस वर्ष धान उत्पादन दुई प्रतिशतले बढेको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेको छ । रैथाने जातका धान लगाउन छाडेर उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेकाले पनि धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अघिल्लो वर्ष आठ हजार २ सय ६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यो वर्ष बढेर आठ हजार २ सय १० हेक्टर पुगेको छ । अघिल्लो वर्ष ३१ हजार ४ सय २८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष ३२ हजार १९ मेट्रिक टन पुगेको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताइन् । गत वर्ष धानको उत्पादकत्व तीन दशमलव ८२ रहेको थियो । यस वर्ष बढेर तीन दशमलव ९ पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित् समाचार