गृहपृष्ठ Featured प्रदूषण जाँच पास नगरी सवारीसाधन चलाए १ लाख रुपैयाँसम्म जरिवाना

प्रदूषण जाँच पास नगरी सवारीसाधन चलाए १ लाख रुपैयाँसम्म जरिवाना

काठमाडौं ।

वन तथा वातावरण विभागले प्रदूषण जाँच पास नगरी सवारीसाधन चलाए आजदेखि  १ लाख रुपैयाँसम्मको जरिवाना गर्ने भएको छ।

विभागले मंसिर २२ गते एक सूचना जारी गर्दै यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई सवारी साधनको प्रदूषण जाँच पास गरी तोकिएको मापदण्डअनुसार सवारी चलाउन भनेको थियो।

 

पछिल्लो समय काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका गाडीमा धुँवा निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषणको जाँच नगरी गाडी चलाए पुस १ गतेदेखि कारबाही थालिने र १ लाख जरिवाना गरिने विभागले जनाएको छ।

सम्बन्धित् समाचार