जिल्लाको बाणगंगा- १ मा रहेको सिद्धार्थ क्याम्पसमा विद्यार्थी सहायता कक्ष स्थापना गरिएको छ । विद्यार्थीहरुका समस्यालाई समाधान गर्ने उद्देश्यसहित उक्त विद्यार्थी सहायता कक्ष सोमबार स्थापना गरिएको हो ।
सहायता कक्ष विशेषत स्नातक र स्नातकोत्तरका विद्यार्थीहरुको समस्या समाधान गर्न स्थापना गरिएको हो ।
परीक्षा फाराम भर्न अलमलमा परेका विद्यार्थीहरुको सहजताका लागि हेल्प डेस्क स्थापना गरिएको अनेरास्ववियु सिद्वार्थ क्याम्पस कमिटिका संयोजक पशुपति गिरीले जानकारी दिए ।
स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई हेल्प डेस्कमार्फत अनलाईन तथा लिखित फारामका बारेमा जानकारी प्रदान गर्दै आएको उनले बताए ।








