गृहपृष्ठ Featured रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

रुपन्देही । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ पञ्चकन्यामा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना भने घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक ३० वर्षीय सन्दीप कुमार दुवे रहेका छन्। भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचारका क्रममा आज ६ बजे मृत्यु भएको हो।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार रुपन्देहीकै बुटवल उपमहानगरपालिका-१३ बेलबासका ६२ वर्षीय तेज बहादुर रानाको सोही अस्पतालमा उपचार भइरहेको छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकल आज बिहान ५ बजे अनियन्त्रित भई रेलिङमा ठोकिएको थियो।

सम्बन्धित् समाचार