गृहपृष्ठ Featured पाल्पामा आलु प्रवर्द्धन महोत्सव

पाल्पामा आलु प्रवर्द्धन महोत्सव

प्रकाशित मिति:

पाल्पा  ।

तानसेन नगरपालिका–१४, अर्गलीमा आलु प्रवर्द्धन महोत्सव गरिएको छ । महोत्सवमा आलुका विभिन्न परिकारहरूको प्रदर्शनी गरिएको थियो । आलुको चुकाउनी, आलुको खिर, आलुको अचार, आलुको पकौडा, आलु चिप्स बनाएर प्रदर्शन तथा बिक्री बितरण गरिएको थियो ।

महोत्सवमा आलुका परिकारसँगै स्थानीय रमाएका थिए । यस्तै, स्थानीय कला, सांस्कृतिक नाचको प्रदर्शनी, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रदर्शनी सहित विविध सांस्कृतिक कार्यक्रम गरिएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले जानकारी दिए ।

अर्गलीलाई आलु पकेट क्षेत्रको रूपमा विकास गर्न र यसको प्रवर्द्धनका लागि तानसेन नगरपालिकाले ग्रामीण आर्थिक विकास संघसाग मिलेर महोत्सव गरेको हो । अर्गलीमा कृषि ज्ञान केन्द्रले पनि आलु पकेट क्षेत्र अन्तर्गत सहयोग गर्दै आएको केन्द्रकी प्रमुख कामना अधिकारी भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार केही वर्षयता अर्गलीमा आलु लगाउने बढेका छन् । वडाध्यक्ष शोभाखर भट्टराईका अनुसार २० वर्षअघिसम्म अर्गलीको आलु निकै प्रख्यात थियो । तर बजारिकरण, भण्डारणको समस्या भएपछि किसानले आलु लगाउन छाडेका थिए ।

सम्बन्धित् समाचार