गृहपृष्ठ Featured वार्नरले दोहोरो शतकमा बनाए कीर्तिमानै कीर्तिमान

वार्नरले दोहोरो शतकमा बनाए कीर्तिमानै कीर्तिमान

प्रकाशित मिति:

डेभिड वार्नर आफ्नो १ सयौँ टेस्टमा शतक बनाउने १० औँ खेलाडी बनेका छन् भने दोहोरो शतक बनाउने मात्र दोस्रो खेलाडी पनि बनेका छन् । दक्षिण अफ्रिकाविरुद्ध एमसीजीमा वार्नरले तीन वर्षको शतक खडेरी पनि अन्त्य गरेका छन् । सन् २०२० को जनवरी यता उनले २७ इनिङ्समा शतक बनाउन सकेका थिएनन् ।

टेस्ट क्रिकेटमा उनको २५औँ टेस्ट शतक हो भने तेस्रो दोहोरो शतक हो । यसअघि अस्ट्रेलियाबाट रिकी पोन्टिङले आफ्नो १ सयौँ टेस्टमा शतक बनाएका थिए । वार्नर अघि इंग्ल्याण्डका जो रुटले मात्र आफ्नो १ सयौँ टेस्टमा दोहोरो शतक बनाएका थिए ।

यस्तै, वार्नर आफ्नो १ सयौँ एकदिवसीय खेल र १ सयौँ टेस्टमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यसअघि गोर्डन ग्रिनिजले उपलब्धि हासिल गरेका थिए ।

यसैगरी टेस्ट क्रिकेटमा ८ हजार पुरा गर्ने उनी आठौँ अस्ट्रेलियन खेलाडी बनेका छन् ।

सम्बन्धित् समाचार