काठमाडौँ ।
साड्ले भान स्खेलक्विकले अन्तिम बलमा छक्का प्रहार गरेपछि लुम्बिनी अलस्टार्स पोखरा नेपाल टी–२० लिगमा मंंगलबार तेस्रो जित निकालेको छ । यससँगै छ अंकमा शीर्षमा उक्लेको छ ।
टीयू मैदानमा भएको खेलमा उसले पोखरा एभेन्जर्सलाई विकेटले तीन विकेटले पराजित गरेको हो । पोखराले प्रस्तुत गरेका एक सय ३४ रनको लक्ष्य लुम्बिनीले अन्तिम बलमा सात विकेट गुमाउँदै आत्मसात गरेको थियो ।
अन्तिम बलमा स्खेलक्विकले प्रतिश जिशीको बललाई छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए । स्खेलक्विकले ११ बलमा चार छक्का मद्दतले नटआउट ३१ रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३३ रनको स्कोर बनाएको थियो ।
पोखराका लागि कुशलले ३१ बलमा समान पाँच चौका र छक्का मदतले सर्वाधिक ६१ रनको योगदान दिए ।








