गृहपृष्ठ Featured भोलिबाट चरणबद्ध आन्दोलन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघ

भोलिबाट चरणबद्ध आन्दोलन गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघले भोलि शुक्रबारबाट चरणबद्ध आन्दोलन गर्ने भएको छ । बैंकको बढ्दो ब्याजदर, प्रिमियर दरलगायतको विरुद्धमा संघले भोलि शुक्रबारबाट पौष २२ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने भएको हो ।

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको परिपत्रअनुसार आन्दोलन गर्न लागिएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले जानकारी दिए ।

उद्योगी व्यवसायीका माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिनु पर्ने स्थिति सिर्जना भएको उनले बताए । ‘हामीले पटक पटक उद्योगी व्यवसायीका समस्याहरु सरकारसंगै बैंक वित्तीय संस्था समक्ष राख्यौं तर सुनुवाई भएन, अब चरणबद्ध आन्दोलन गर्न बाध्य भयौं’, उनले भने । व्यवसायीका माग सम्बोधन नभएसम्म आफुहरुले आन्दोलनलाई जारी राख्ने अध्यक्ष घिमिरेको भनाई छ ।

उनले उद्योग व्यवसायीका मागप्रति सरकार गम्भिर नभए थप चर्काउने चेतावनी दिए ।

यस्ता छन् विरोधका कार्यक्रमहरु :

१.पौष १५ गते देखि २१ गते सम्म गते सम्म सेतो कपडामा बैंकको ज्यादती विरोध एकताबद्धताको लागि प्रत्येक उद्योग वाणिज्य सघंले हस्ताक्षर गरी सो कपडा नेपाल सरकार र राष्ट्र बैंकमा बुझाउने हस्ताक्षर कार्यक्रम राख्ने 

२.पौष १७ गते विहान ११ बजे सबै उद्योग वाणिज्य सघंले कालो पट्टी बाधेर विरोध प्रदर्शन गर्ने

३.पौष १८ गते सबै उद्योग वाणिज्य सघंले जनप्रतिनिधी र सबै बैंकका प्रमुखहरु राखेर व्यवसायिक वातावरण नभए सम्मका लागि व्यवसायलाई आतंकीत नबनाउनको लागि छलफल गर्ने

४.पौष १९ गते राष्ट्र बैंक रहेको ठाउँमा तथा राष्ट्र बैंक नभएको ठाउँमा जिल्ला प्रशासन कार्यालयमा कालो पट्टी वाधेर २ घन्टे धर्ना कार्यक्रम गर्ने 

५.पौष २० गते सबै प्रदेशका उद्योग वाणिज्य सघंहरु सँग समन्वय गरी काठमाण्डौँ केन्द्रित कार्यक्रमको तयारी गर्ने 

६.पौष २२ गते देखि काठमाण्डौँ केन्द्रित आन्दोलन गर्ने ।

यसैबीच कपिलवस्तु उद्योग बाणिज्य संघको नियमित बैठक सम्पन्न भएको छ । संघको सभाहल चारनम्बरमा विहिबार बैठक सम्पन्न भएको हो । बैठकले माग १७ गतेदेखि सुरु हुने १३ औ कपिलवस्तु महोत्सवको तयारीलाई थप तीब्रता दिने निर्णय गरेको छ ।

बैठकमा कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष उमानाथ पौडेल, वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगर, उपाध्यक्ष तुल्मीराम घिमिरे, खुमानन्द घिमिरे, शालिकराम भुसाल, महासचिव मनोज पौडेल लगायतले आआफ्नो धारणा राखेको सचिव खिमानन्द पौडेल कोपिलले जानकारी दिए ।

यसैबीच कपिलवस्तु उद्योग बाणिज्य संघले संघका पुर्व कार्यसमिति सदस्य फर्शुराम पन्तको निधनप्रति दुःख प्रकट गर्दै उहाँकै निवासमा शोकसभा सम्पन्न गरेको छ ।

सम्बन्धित् समाचार